अमेरिकाले १५ देखि ११० डलरसम्म बढायो भिसा शुल्क

अमेरिकाले १५ देखि ११० डलरसम्म बढायो भिसा शुल्क

काठमाडौं : अमेरिकाले भ्रमण र गैरआप्रवासी भिसाको शुल्क १५ डलरले बढाएको छ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार सूचना जारी गर्दै भिसा शुल्क बढेको जानकारी दिएको हो।

२०२३ जुन १७ तारिखदेखि अमेरिकाको भ्रमण र गैरआप्रवासी भिसाको आवेदन शुल्क १८५ डलर कायम गरिएको छ। यसअघि भिसा शुल्क १६० डलर थियो।

पेटिसनमा आधारित (एच, एल, ओ, पी, क्यू, आर) भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन्।

ई भिसा आवेदन शुल्कमा भने भारी वृद्धि गरिएको छ। यसअघि २०५ डलर रहेको यो भिसाको शुल्क ३१५ डलर पुर्याइएको छ।

जेठ २०, २०८० शनिबार १७:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।