‘नेपाली भूभाग सट्टापट्टा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक’

‘नेपाली भूभाग सट्टापट्टा गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी देश भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र आपत्तिजनक भएको टिप्पणी गरेका छन्।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अभिभाज्य भूभाग रहेको बताए।

थापाले भने, ‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनाधिकृत रूपमा कब्जा गरिरहेको छ। यो विषय कुटनीतिक वार्ताबाट टुंग्याउनुपर्छ। संसद, दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्नसकिने खालको गैरजिम्मेवार अभिव्यक्ति दिनु‌ आपत्तिजनक छ।’

यसअघि भारतीय समकक्षीलाई भेटेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सट्टामा बंगलादेश जाने बाटोको रुपमा सम्झौता गर्न सकिने बताएका थिए।

भारतले बंगलादेशसँगको सीमा विवाद पनि जग्गा साटेर मिलाएको थियो।

जेठ २०, २०८० शनिबार १७:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।