स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल, राज्यमन्त्रीले गरिन् बिदाई

स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल, राज्यमन्त्रीले गरिन् बिदाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छन्।

स्वागतका लागि पनि विमानस्थल पुगेकी लेखीले केहीबेरअघि प्रधानमन्त्री दाहाललाई बिदाइ गरेकी हुन्।

प्रधानमन्त्री दाहाल केहीबेरमा नियमित उडानमार्फत चारदिने भारत भ्रमण सकेर नेपाल फर्कँदैछन्।

नेपाल फर्कनेबित्तिकै प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेठ २०, २०८० शनिबार १७:०२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।