अनुसन्धान खेर जान दिँदैनौं, मेरै पार्टीको पनि पर्नसक्छ : गृहमन्त्री श्रेष्ठ

अनुसन्धान खेर जान दिँदैनौं, मेरै पार्टीको पनि पर्नसक्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर जान नदिने प्रतिवद्धता जनाएका छन्।

शनिबार स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको प्रथम भेला कार्यक्रममा उनले भ्रष्टाचारमा आफ्नै पार्टीको संलग्नता देखिएपनि कुनै हालतमा छुट नदिने जिकिर गरे।

उनले भने ‘अहिले आफ्नै देशको नागरिकलाई अनागरिक बनाउँदै नक्कली शरणार्थीको ट्याग लगाएर सम्पत्ति आर्जन गर्नका निम्ति पठाउने योजनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा दोषीमाथि कारवाही होस् भनेर गृह मन्त्रालय तथा प्रहरीले न्यायलयमा पेश गरिसकेका छौं।’

गृहमन्त्री श्रेष्ठले आफ्नै पार्टीका मान्छे भए पनि अनुसन्धानमा तानिने र कसैलाई पनि छुट नहुने विश्वास दिलाए।

‘पीडितहरुलाई न्याय दिने हाम्रो अनुसन्धान खेर जाने छैन, हामीले सुशासनको स्थापना गर्न कुन पार्टी मलाई मतलब छैन,’ उनले थपे, ‘आज अरु कुनै पार्टीको पर्यो भ्रष्टाचार काण्डमा भोलि मेरै पार्टीको पर्नसक्छ तर छुट कसैलाई दिने छैन्।’

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षालाई सुदृढ गर्नका लागि राष्ट्रिय एकता बलियो बनाउन आवश्यक रहेको बताउँदै सरकारले सुशासनको पक्षमा दृढ कदमहरू चालिरहेको दाबी गरे।

जेठ २०, २०८० शनिबार १५:५३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।