डा. पुष्पमणिको उपचार अनुभव : १७ वर्षीया किशोरीले गर्भपतनको औषधि खाइन् र ढलिन्

डा. पुष्पमणिको उपचार अनुभव : १७ वर्षीया किशोरीले गर्भपतनको औषधि खाइन् र ढलिन्

डा. पुष्पमणि खराल जनरल प्राक्टिस्नर हुन्। उनको चिकित्सकीय विधा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन हो। जसलाई एमडीजीपी पनि भनिन्छ।

सबै किसिमका रोगको प्राथमिक रुपमा पहिचान गरी सक्ने उपचार आफैँ गर्ने अनि रोगको जटिलता अनुसार विशेषज्ञ चिकित्सककहाँ बिरामीलाई रिफर गर्नु उनको दैनिकी हो।

त्यसैले यो विधाका चिकित्सकलाई सम्पूर्ण रोगको उपचार गर्ने चिकित्सकका रूपमा समेत चिनिन्छ। उनै डा. पुष्पमणिले उकेरासँग आफ्नो उपचार अनुभव साटे।

०००

घटना करिब १२ वर्ष अघिको हो। तनहुँको दमौलीस्थित नेश्नल एपोलो अस्पतालमा करिब २९ वर्षका युवालाई उपचारका लागि पुर्याइएको थियो। ज्वरो र टाइफाइडका कारण युवाको स्वास्थ्य अवस्था जटिल बनेको थियो।

बिरामीको स्वास्थ्य परीक्षण र तयारीपछि डा. पुष्पमणिले ती युवालाई एन्टिबायोटिक औषधि दिने तयारी गरे। पहिले शरीरमा नकारात्मक असर गर्छ की गर्दैन भनेर बिरामी युवाको छालामा थोरै लगाए। छालामा दिँदा खासै नकारात्मक असर (एलर्जी) नदेखिएपछि सुईको माध्यमबाट शरीरमा दिए।

तर, सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिनासाथ युवाको शरीरमा एन्टिबायोटिकको नकारात्मक असर अर्थात् एलर्जी देखियो। युवा एकैछिनमा बेहोस भए। रक्तचाप र श्वासप्रश्वास असामान्य अवस्थामा पुग्यो। उनी करिब मृत्युकै नजिक पुगे।

औषधि पसलेले पनि किशोरीलाई गर्भपतनको औषधि दिएछन्। औषधि सेवन गरेपछि किशोरीको पेट झन् दुख्न थालेछ र बेहोस भएर ढलिछन्।

औषधिको एलर्जीका कारण बिरामी बेहोस अवस्थामा पुग्नुलाई चिकित्सकीय भाषामा ‘एनाफलाइटिक सक’ भनिन्छ। जुन एलर्जीको कडा रूप हो। डा. पुष्पमणि आत्तिए। बिरामीका आफन्तले घेरिहाले।

त्यो बेला बिरामीका करिब ५०/६० जना आफन्तहरू एकैछिनमा अस्पतालमा पुगेका उनले सुनाए। एकातर्फ बिरामी बचाउनुपर्ने चुनौती थियो भने अर्कातर्फ बिरामीका आफन्तलाई सम्झाउनुपर्ने चुनौती निम्तियो।

डा. पुष्पमणिले बिरामीलाई बचाउने हरप्रयास तथा कोसिस गरिरहे। श्वास फेर्न सहज हुनेगरी टाउको र शरीरको अवस्था मिलाइदिए। स्लाइन पानी दिए। अक्सिजन दिए। उनले एन्टिबायोटिकको एलर्जीलाई कम गर्ने अर्को सुई दिए।

धन्य! एलर्जी कम गर्ने सुई दिएको करिब दश मिनेटमा युवाको होस खुल्यो। बिरामी बाँचे। केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर बिरामी घर फर्के। त्यसपछि मात्रै डा. पुष्पमणिको मन शान्त भयो।

‘इन्जेक्शन दिएपछि उहाँ कोल्याप्स हुनुभयोे, एक किसिमले क्लिनिकली डेथ भएको बिरामीलाई बचाइयो’, त्यो पल सम्झँदै उनी भन्छन्।

‘१७ वर्षीया किशोरीले गर्भपतनको औषधि खाइन् र ढलिन्’

तनहुँकी करिब १७ वर्षकी किशोरी हल्का रक्तश्राव भएपछि औषधि पसलमा गइछन्। औषधि पसलमा पिसाव परीक्षण गर्दा उनी गर्भवती भएको थाहा भएछ। तर, ती विवाहित किशोरीको अनिच्छित गर्भ बसेको रहेछ।

त्यसैले किशोरीले औषधि पसलमा गर्भपतन गरिदिन अनुरोध गरिछन्। औषधि पसलेले पनि किशोरीलाई गर्भपतनको औषधि दिएछन्। औषधि सेवन गरेपछि किशोरीको पेट झन् दुख्न थालेछ र बेहोस भएर ढलिछन्।

पिलो चिर्ने क्रममा वृद्धाले अचानक ‘छाती दुख्यो, छाती दुख्यो’ भनिन्। त्यसपछि डा. पुष्पमणिले तुरुन्तै वृद्धाको ईसीजी गर्दा हृद्यघात देखियो

त्यसपछि ती किशोरीलाई दमौली अस्पतालमा पुर्याइयो। अस्पताल पुग्दा किशोरी बेहास नै थिइन्। रक्तचाप असामान्य थियो। स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। तुरुन्तै अक्सिजन दिइयो। आवश्यक स्लाइन पानी तथा अन्य औषधिसहित उपचार थालियो।

डा. पुष्पमणिले किशोरीको भिडियो एक्स-रे गरेर हेर्दा पाठेघरको नलीमा गर्भको भ्रुण बसेको देखियो। गर्भ सात हप्ताको भइसकेको थियो। शल्यक्रिया गरी भ्रुण फालेर किशोरी बचाउनुको विकल्प थिएन। अन्यथा किशोरीको ज्यानै जानसक्थ्यो।

डा. पुष्पमणिले आकस्मिक रूपमा गर्नुपर्ने औषधि उपचार गरे। तर, त्यहाँ स्रोत साधन अभावका कारण त्यहाँ शल्यक्रिया गर्न सम्भव थिएन। आवश्यक व्यवस्था मिलाएर किशोरीलाई पोखरा क्षेत्रीय अस्पताल रिफर गरियो।

रिफर गरेपछि पनि डा. पुष्पमणिले किशोरीको उपचार र स्वास्थ्य अवस्थाबारे बुझि नै रहे। पोखरामा किशोरीको सफल शल्यक्रिया भयो र उनी बाँचिन्। समयमा नै उपचार व्यवस्थापन भएकैले किशोरी बाँचेको उनी बताउँछन्।

पिलो चिर्दा-चिर्दै हृद्यघात भएपछि...

करिब ६५ वर्षीया वृद्धाको हातमा पिलो आएपछि दमौली अस्पतालमा पुगिन्। ठूलो पिलो भएकाले चिचेर निकाल्नुको विकल्प थिएन।

त्यसका लागि डा. पुष्पमणिले सुईको माध्यमबाट पिलो आएको हातमा लठ्याउने औषधि दिए। यसरी एक ठाउँमा मात्रै लठ्याउने गरी दिइने औषधिलाई लोकल एनेस्थेसिया भनिन्छ।

लठ्याउने औषधि दिएपछि डा. पुष्पमणि ती वृद्धाको हातको पिलो चिर्न थाले। तर, एनेस्थेसियाले राम्रोसँग काम नगरेर हुनुपर्छ वृद्धालाई दुखेछ। यस्तो घटना दुर्लभ नै हुने गर्छ।

डा. पुष्पमणिले सक्ने र हुनेसम्म औषधि उपचार गरे। तर, हृदयघात नै देखिसकेपछि विशेषज्ञ चिकित्सकको थप उपचार चाहियो। तुरुन्तै पोखरा रिफर गरे। युवा बाँचेको खबर पनि पछि थाहा पाए उनले।

पिलो चिर्ने क्रममा वृद्धाले अचानक ‘छाती दुख्यो, छाती दुख्यो’ भनिन्। त्यसपछि डा. पुष्पमणिले तुरुन्तै वृद्धाको ईसीजी गर्दा हृद्यघात देखियो।

कहिलेकाहीँ दुखाइका कारण व्यक्तिको मुटुको धड्कन बढ्ने र धड्कन बढ्दा मुटुले अक्सिजनको माग बढी गर्ने गर्छ। जसले गर्दा हृदयघातको जोखिम हुने उनले बताए। एनेस्थेसिया सुई दिँदा पनि दुखाई कम नभएर हृदयघात हुनुले डाक्टर आफैँ छक्क परे।

हृदयघातपछि ती वृद्धालाई थप उपचारका लागि सम्बन्धित विशेषज्ञ चिकित्सककहाँ पठाउनुपर्ने भयो। डा. पुष्पमणिले समन्वय गरेर तुरुन्तै वृद्धालाई तत्कालीन क्षेत्रीय अस्पताल पोखरा रिफर गरे। उपचारको पाँच दिनपछि ती वृद्धा डिस्चार्ज भइछन्।

ग्याष्ट्रिकको औषधि किनेर आएका युवालाई हृद्यघात देखिएपछि... 

करिब ३५ वर्षीय युवाले पेट दुखेपछि औषधि पसलबाट ग्याष्ट्रिकको औषधि सेवन गरेछन्। तर, दुई दिनसम्म औषधि सेवन गर्दासमेत ठिक भएनछ। बल्ल युवा अस्पताल पुगे।

सामान्यतः माथिल्लो भागको पेट कहिले ग्याष्ट्रिक, पित्तथैलीको पत्थरी र कहिलेकाहीँ हृदयघात भएर दुख्ने गरेको युवकले बताए। डा. पुष्पमणिले उनको स्वास्थ्य परीक्षण गर्दा हृदयघातका कारण स्वास्थ्य अवस्था जटिल बनेको थाहा भयो।

‘ईसीजी गर्दा त म्यासिभ हर्टएट्याक देखियो’, उनले सुनाए।

डा. पुष्पमणिले सक्ने र हुनेसम्म औषधि उपचार गरे। तर, हृदयघात नै देखिसकेपछि विशेषज्ञ चिकित्सकको थप उपचार चाहियो। तुरुन्तै पोखरा रिफर गरे। युवा बाँचेको खबर पनि पछि थाहा पाए उनले।

त्यसैले हृदयघात पनि हुन सक्ने भएकाले पेट दुखेको अवस्थामा ग्याष्ट्रिक त होला भनेर नबस्न उनको सुझाव छ।

सोभियत संघमा डाक्टरी

पुष्पमणि २०२७ सालमा नवलपरासी सुस्तापूर्वको मध्यविन्दू नगरपालिकामा जन्मिएका हुन्। उनले स्थानीय आरुखोलास्थित जनता माविबाट २०४४ मा एसएलसी गरे। त्यसपछि चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी सके।

आइएस्सीपछि चिकित्सा शास्त्र विषयको अध्ययनका लागि सन् १९९१ मा तत्कालीन सोभियत संघको अजरबैजान पुगे। एकवर्ष रसियन भाषा पढे। त्यसपछि रसियाको सारातोभ स्टेट मेडिकल युनिभर्सिटीमा एमडी अध्ययनका लागि भर्ना भए।

एमडीजीपी विधालाई समग्र रोगको उपचार व्यवस्थापन गर्ने विधाका रूपमा लिइन्छ। बिरामीको सामान्य रोगको पहिचान तथा औषधि उपचारदेखि सामान्य (माइनर) किसिमका शल्यक्रिया गर्नु एमडीजीपी अध्ययनको विधामा पर्छ।

भाषा अध्ययनसहित सात वर्षे त्यो अध्ययनलाई नेपालमा भने एमबीबीएससरह मान्यता दिइन्छ। सन् १९९८ मा अध्ययन सकेर उनी नेपाल फर्के। नेपालमा फर्किएपछि करिब ६ वर्ष वीर अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल मेडिकल कलेज, ओमजस्ता अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गरे।

छनोटमा सबै रोगको उपचार गर्ने विधा

डा. पुष्पमणिलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले विभिन्न अस्पतालमा ६ वर्ष काम गरिसकेपछि उनले चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २००६ मा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमडी अध्ययन थाले।

उनको एमडी अध्ययनको रोजाइमा पर्यो, जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन अर्थात् ‘एमडीजीपी’। सन् २००९ मा छात्रवृत्तिमा एमडीजीपी अध्ययन पूरा गरेका उनी त्यो ब्याचको गोल्ड मेडलिस्टसमेत बने।

एमडीजीपी विधालाई समग्र रोगको उपचार व्यवस्थापन गर्ने विधाका रूपमा लिइन्छ। बिरामीको सामान्य रोगको पहिचान तथा औषधि उपचारदेखि सामान्य (माइनर) किसिमका शल्यक्रिया गर्नु एमडीजीपी अध्ययनको विधामा पर्छ। तर, जटिल शल्यक्रियाका लागि विशेषज्ञकहाँ यो विधा अध्ययन गर्ने डाक्टरको दैनिकी हो।

एमडीजिपी अध्यनपछि डा. पुष्पमणि तनहुँको दमौलीस्थित नेशनल एपोलो अस्पतालमा काम गर्न पुगे। त्यहाँ उनले करिब ६ वर्ष काम गरेपछि यूएसएमएलईको लाइसेन्स परीक्षा उत्तीर्ण गरेर अमेरिका पुगे। त्यहाँ एक वर्ष बसेर उनी नेपाल फर्किए।

नेपाल फर्केर काठमाडौंको मेट्रो अस्पतालमा करिब दुई वर्ष काम गरेका उनी मुलपानी नगर अस्पताललगायत विभिन्न निजी अस्पताल तथा क्लिनिकमा समेत बिरामीको उपचार गरे। हाल डा. पुष्पमणि काठमाडौंको नागार्जुन हेल्थ केयर पोलिक्लिनिकमा कन्सल्टेण्ट जीपीका रुपमा कार्यरत छन्।

त्यसो त डा. पुष्पमणि बेला–बेलामा विभिन्न जिल्लामा स्वास्थ्य शिविरमा पुगेर बिरामीको औषधि उपचार गर्छन्। जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसियशन अफ नेपालका अध्यक्षको भूमिकामा समेत छन् उनी।

जेठ २०, २०८० शनिबार १५:२९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।