स्याउला काट्ने क्रममा रुखबाट खसेर बाजुरामा एक जनाको मृत्यु

स्याउला काट्ने क्रममा रुखबाट खसेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा : बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२  वर्षीय देवबहादुर धामी रहेका छन्। 

स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।

जेठ २०, २०८० शनिबार १४:१६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।