गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको ज्यान गयो

गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको ज्यान गयो

भक्तपुर : गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा २१ च ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजीत केसीका अनुसार करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको छ।

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए।

जेठ २०, २०८० शनिबार १४:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।