मेस्सीलाई पछ्याउँदै रामोसको पनि पीएसजी छाड्ने निर्णय

मेस्सीलाई पछ्याउँदै रामोसको पनि पीएसजी छाड्ने निर्णय

एजेन्सी : स्पेन तथा रियल मड्रिडका पूर्व स्टार डिफेन्डर सर्जियो रामोसले पनि सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पीएसजी छाड्ने भएका छन्।

डिफेन्डर सर्जियो रामोसले आज (शनिबार) राति हुने फ्रेन्च लिगको सिजनको अन्तिम खेलसँगै पीएसजी छाड्ने घोषणा गरेका हुन्।

रामोसले ट्विटर मार्फत हिजो पीएसजी छाड्ने बताएका हुन्। ‘भोलि विशेष दिन हो, भोलि जीवनको अर्को चरणलाई म बिदाइ गर्छु, गुडबाइ पीएसजी।’

एक हप्ताभित्र पीएसजीबाट बाहिरिने  घोषणा गरेका सर्जियो रामोस दोस्रो स्टार खेलाडी हुन्। यसअघि अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीले पनि सिजनको अन्त्यसँगै पीएसजी छाड्ने ​​​​​​​पक्का भइसकेको छ।

सन् २०२१ मा रियल म्याड्रिडबाट पीएसजी आएका ३७ वर्षीय रामोसले क्लबका लागि ५७ खेल खेलेका छन् भने दुई फ्रेन्च लिग उपाधि जितेका छन्।

जेठ २०, २०८० शनिबार १०:५१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।