नेपालले मलेसियालाई दियो ९७ रनको लक्ष्य
काठमाडौं : नेपालले महिला टी-२० सिरिजको चौथो खेलमा मलेसियालाई ९७ रनको लक्ष्य दिएको छ।
मलेसियामा जारी पाँच खेलको सिरिजको चौथो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनायो।
घरेलु टोली मलेसियाविरुद्ध नेपालको लागि इन्दु बर्माले ३१ बलमा ३ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन। त्यसैगरी विन्दु रावलले २४ रन जोडिन्।
कुनै समय ११ औं ओभरमा नेपालले मात्र ३३ रनमा ५ विकेट गुमाइसकेको थियो। तर विन्दु रावल र इन्दु बर्माले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै नेपालको इनिङलाई बचाएका थिए।
आजको खेल जितेमा नेपालले सिरिजको उपाधिमा कब्जा गर्नेछ। सिरिजमा नेपाल २-१ ले अगाडि छ।
जेठ २०, २०८० शनिबार १०:४०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।