प्रचण्डले भारतमा पूजा गरेको तस्बिरमा बाबुरामको व्यङ्ग्य : हामी कता जाँदैछौं? देश कता जाँदैछ?

प्रचण्डले भारतमा पूजा गरेको तस्बिरमा बाबुरामको व्यङ्ग्य : हामी कता जाँदैछौं? देश कता जाँदैछ?

काठमाडौं : भारत भ्रमण दौरान नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकालेश्वर मन्दिरमा पूजा गरेको तस्बिर सार्वजनिक भएपछि बाबुराम भट्टराईले यसप्रति व्यङ्ग्य गरेका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रचण्डको उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै हामी कता जाँदैछौं? भनेर प्रश्न गरेका छन्।

प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए। माओवादीका प्रमुख नेता समेत रहेका प्रचण्डले भारतमा गएर गेरु वस्त्र लगाएर पूजा गरेको तस्बिर भाइरल भएको थियो।

‘हामी कता जाँदैछौं? देश कता जाँदैछौं?’,बाबुरामले उनीसहित अन्य मन्त्रीहरुले महाकालेश्वर मन्दिरमा पूजा गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्।

प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि पूजा गरेका थिए।

​​​​​​​

जेठ २०, २०८० शनिबार ०९:२८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।