देशभर कुसुन्डा भाषा बोल्ने जम्मा २३ जना, दोस्रो र तेस्रोमा क्रमशः मैथली र भोजपुरी

देशभर कुसुन्डा भाषा बोल्ने जम्मा २३ जना, दोस्रो र तेस्रोमा क्रमशः मैथली र भोजपुरी

काठमाडौं : नेपालमा कुसुन्डा भाषा बोल्नेको जनसंख्या २३ जना मात्र भएको पाइएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्ले २३ जनाले मात्र कुसुन्डा भाषा बोल्ने गरेको देखाएको हो।

यस्तै देशमा सबैभन्दा बढी बोलिने भाषा नेपाली हो। २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली भएको कार्यालयले जनाएको छ। यो कूल जनसंख्याको ४४.८६ प्रतिशत हो।

त्यसैगरी दोस्रो स्थानमा मैथली मातृभाषा बोल्ने छन्। देशका ३२ लाख २२ हजार ३८९ जनाको मातृभाषा मैथली हो। यो कुल जनसंख्याको ११.०५ प्रतिशत हो।

भोजपुरी मातृभाषा भएकाहरुको जनसंख्या १८ लाख २० हजार ७९५ छ। तेस्रो ठूलो मातृभाषा बोल्ने यो संख्या जनसंख्याको ६.२४ प्रतिशत हो।

त्यसपछि चौथो र पाचौं स्थानमा क्रमशः थारु र तामाङ भाषा रहेका छन्। देशभर थारु भाषा बोल्ने १७ लाख १४ हजार ९१ जना हुँदा तामाङ भाषा बोल्ने १४ लाख २३ हजार ७५ जना छन्।

जनसंख्याको आधारमा नेवारी भाषा देशको आठौं ठूलो भाषा हो। यो देशका २.९६ प्रतिशत जनसंख्या अर्थात ८ दाख ६३ हजार ३८० जनाले बोल्छन्।

हेर्नुहोस् चार्ट:

जेठ १९, २०८० शुक्रबार २१:४७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।