कुटेर मान्छे मारेपछि १३ वर्षसम्म फरार, प्रहरीले शुक्रबार समात्यो

कुटेर मान्छे मारेपछि १३ वर्षसम्म फरार, प्रहरीले शुक्रबार समात्यो

काठमाडौं : हत्या अभियोगका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–१३ बस्ने ५१ वर्षीय जगदिश पासवान रहेका छन्। उनलाई घटनाको १३ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

भएको के थियो?
गोलबजार बस्ने राम बिलास यादवले गाउँमा नराम्रो काम गर्दै हिँडेको भन्ने विषयलाई लिएर २०६७ वैशाख २८ गते राति छलफल राखियो।

छलफलका क्रममा दुवै पक्षबीच विवाद हुँदा रामबिलासले गोलबजार नगरपालिका–१३ बस्ने बेचन पासवानलाई हातमा र दाजु नथुनी पासवानलाई छातीमा गोली हाने।

नथुनी पासवानको घटनास्थलमै मृत्यु भयो भने बेचन घाइते भए। घटनापछि अहिले पक्राउ पर्ने जगदिशले रामबिलासलाई कुटपिट गर्दा उनको समेत मृत्यु भएको थियो।

सोही अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न जगदिशलाई गोलबजार काशीपुर सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो।

उनलाई थप आवश्यक कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ।

जेठ १९, २०८० शुक्रबार १९:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।