गेरुवस्त्र लगाएर प्रधानमन्त्रीद्वारा महाकालेश्वर मन्दिरमा पूजाअर्चना

गेरुवस्त्र लगाएर प्रधानमन्त्रीद्वारा महाकालेश्वर मन्दिरमा पूजाअर्चना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका छन्।

उज्वेनस्थित महाकालेश्वरलाई हिन्दूहरूले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गर्छन्।

दौरासुरुवालमाथि गेरुवस्त्र लगाएका प्रधानमन्त्री प्रचण्डलाई विशेष पूजा अर्चना गर्न त्यहाँका पुजारीहरूले सघाएका थिए।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि गेरुवस्त्रमा पूजा गरेका थिए।

जेठ १९, २०८० शुक्रबार १७:५८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।