भारतको इन्दौरमा नेपालको प्रधानमन्त्री नै चिनेनन्, स्वागत ब्यानरमा ओलीको तस्बिर

भारतको इन्दौरमा नेपालको प्रधानमन्त्री नै चिनेनन्, स्वागत ब्यानरमा ओलीको तस्बिर
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : चार दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको उज्जैन पुगेका छन्।

मध्यप्रदेशमा उनलाई त्यहाँका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुका साथै स्थानीयले दाहालको सम्मानमा नेपाल र भारतको झण्डा लिएर सडकमा ताँती लागेर सांस्कृतिक प्रस्तुति दिए।

दिल्ली, इन्दौर र उज्जयन जाने यो सडकमा प्रत्येक विद्युत्को पोल–पोलमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षीको तस्बिर राखेर स्वागत गरियो।

त्यसैक्रममा भारतको वैश्नभ विद्यापीठ विश्वविद्यालयले पनि प्रधानमन्त्री दाहालको स्वागतमा कार्यक्रम राख्यो। तर त्यहाँ अनौठो दृश्य देखियो।

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न बनाइएको ब्यानरमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखियो।

यद्यपि साइडमा राखिएको ब्यानरमा भने प्रधानमन्त्री दाहाल, समकक्षी मोदीसँगै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानको तस्बिर थियो।

यस्तै दाहालको थरसमेत दहल लेखिएको छ। यसअघि दिल्लीमा गरिएको स्वागतमा पनि उनको थर गलत लेखिएको थियो।

१९ जेठ, २०८०, १४:४९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।