खुर्कोटस्थित सुनकोशी नदीमा सरकारी गाडी खस्यो, चालक पौडिँदै निस्किए, ३ जना बेपत्ता

खुर्कोटस्थित सुनकोशी नदीमा सरकारी गाडी खस्यो, चालक पौडिँदै निस्किए, ३ जना बेपत्ता

मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खुर्कोट नजिकै सुनकोशी नदीमा सरकारी गाडी खस्दा तीन जना बेपत्ता भएका छन्। 

काठमाडौँबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको सरकारी गाडी शुक्रबार बिहान साढे ११ बजे हाइवेबाट करिब ७० मिटर तलब खसेको हो। 

गाडीमा ४ जना सवार रहेका थिए प्रहरीले जानकारी दिएको छ।

स्कर्पियो गाडीका चालक भने दुर्घटनास्थलभन्दा १०० मिटर तलबाट पौडिँदै निस्किन सफल भएका छन्। तर अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको छ। 

हराएका अन्य तीन जनाको स्थानीयको सहकार्यमा प्रहरीले खोजी कार्य थालेको छ। 

दुर्घटना भएको उक्त स्थान खुर्कोटको नौपेल हो, जुन खुर्कोट बजारबाट एक किलोमिटर पूर्वको दूरीमा पर्छ। 

गाडीमा सवारहरूको परिचय खुल्न बाँकी छ। 

१९ जेठ, २०८०, १२:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।