हजयात्रीको पहिलो समूहलाई उपप्रधानमन्त्रीले बिदाई गर्ने

हजयात्रीको पहिलो समूहलाई उपप्रधानमन्त्रीले बिदाई गर्ने
फाइल तस्बिर

काठमाडौं : साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गर्दैछ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुईसय ६८ जनालाई राती १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाई गर्ने कार्यक्रम छ।

मुस्लिम जनसंख्याको ० दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ।

विभिन्न समूह गरि २४ गतेसम्ममा यसवर्षका झण्डै ११ सय ८० हजयात्रीहरू साउदी अरेबिया पुग्नेछन्। उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किन्छन्।

नेपालमा मुस्लिम जनसंख्या १२ लाखको हाराहारीमा छ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवम् गृह मन्त्रालयका उपसचिव विश्व कुईंकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनोट हुने गर्दछ।

जेठ १८, २०८० बिहीबार २१:१७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।