कपिलवस्तुमा चक्कुले हानेर दुई जनाको हत्या, एक आरोपी पक्राउ

कपिलवस्तुमा चक्कुले हानेर दुई जनाको हत्या, एक आरोपी पक्राउ

काठमाडौं : कपिलवस्तु प्रहरीले चक्कु प्रहार गरी दुई जनाको हत्या गरको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

बाणगंगा नगरपालिका–६ मटेरिया बस्ने ७० वर्षीय बमबहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देही कञ्चन गाउँपालिका–२ बगही बस्ने २२ वर्षीय मोहन थारु रहेका छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको थियो।

यस्तै, अन्जनीको भने सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ १८, २०८० बिहीबार १९:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।