प्रधानमन्त्री दाहालले भेटे भारतका राष्ट्रपति र उपराष्ट्रपति

प्रधानमन्त्री दाहालले भेटे भारतका राष्ट्रपति र उपराष्ट्रपति

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवनमा बिहीबार राष्ट्रपति द्रौपदी मुर्मूसँग भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो।

यस्तै प्रधानमन्त्री दाहालले बिहीबार नै उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गरेका छन्।

त्यस्तै बिहीबार नै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको थियो।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आएका हुन्।

जेठ १८, २०८० बिहीबार १८:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।