प्रधानमन्त्रीको भारत भ्रमणमा बाबुरामको टिप्पणी : धनी र शक्तिशाली बनौं, अनि पाइन्छ इज्जत

प्रधानमन्त्रीको भारत भ्रमणमा बाबुरामको टिप्पणी : धनी र शक्तिशाली बनौं, अनि पाइन्छ इज्जत

काठमाडौं : प्रधानमन्त्रीको भारत भ्रमणमा राज्यमन्त्रीले स्वागत गरेकोमा टिकाटिप्पणी भइरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले धनी र शक्तिशाली भए इज्जत पाइने टिप्पणी गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा भट्टराईले आफ्नो शक्ति र मूल्यको अनुपातमा पाइने भन्दै दरिद्र मानसिकता नदेखाउनसमेत आग्रह गरेका छन्।

उनले पहिले आफ्नो घर एकताबद्ध र बलियो बनाउन इख लिएर आफैँ मेहनत गरेर धनी र शक्तिशाली बन्नुपर्नेमा जोड दिए।

रोइकराइ गरे इज्जत नपाउने भएकाले आफ्नै आङ कन्याएर छारो उडाउने काम नगर्नसमेत उनले आग्रह गरे।
यस्तो छ उननको स्टाटसः
कुटनीति,राजनीति,व्यापार र युद्धको नियम एउटै हो। आफूसँग जति शक्ति र मूल्य छ त्यही अनुपातमा अरूबाट पाउने हो। माग्दैमा कसैले कसैलाई केही दिने हैन। गरीब बाबुआमाका छोराछोरीले धनी छिमेकीको घरमा जॉदा केही चिची र पापा मागेर ल्याइदिन्छन् कि भने जस्तो दरिद्र मानसिकता त्यागौं।  पहिले आफ्नो घर एकताबद्ध र बलियो बनाऊॅ। इख लिएर आफै मेहनत गरेर धनीरशक्तिशाली बनैौ। अनि इज्जत पाइन्छ। रोइकराइ नगरौं। आफ्नै आङ्ग कन्याएर छारो नउडाऊॅ। जोरी नहसाऊॅ! धैर्य गरौं

जेठ १८, २०८० बिहीबार १७:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।