महाकाल मन्दिरको दर्शन गरेपछि ट्रोल भइन् सारा अली खान

महाकाल मन्दिरको दर्शन गरेपछि ट्रोल भइन् सारा अली खान

एजेन्सी : अभिनेत्री सारा अली खानले मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको दर्शन गरेपछि आफूलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेकी छन्।

सामाजिक सञ्जालमार्फतले उनले आफ्नो व्यक्तिगत आस्थामाथि कसैले पनि हमला नगर्न आग्रह गरेकी छन्।

उनले भनेकी छन्, ‘यो मेरो व्यक्तिगत विश्वास हो, म अजमेर शरीफ पनि त्यत्तिकै भक्तिका साथ जान्छु जति भक्तिका साथ बंगला साहिब अनि जति भक्तिका साथ महाकाल मन्दिर। जो बोल्न चाहन्छ बोल्न सक्छ, मलाई कुनै समस्या छैन।’

सारा अली खानको फिल्म ‘जरा हटके जरा बचाके’ रिलिज हुन लागेको छ, जसलाई लिएर उनले देशभर प्रचार गरिरहेकी छन्।

यसै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रोलिङको विषयमा आफ्नो मौनता तोडेकी हुन्।

उनले हालै उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि एक वर्गले उनको आलोचना गरेको थियो।

साराले भनिन्, ‘म आफ्नो कामलाई निकै गम्भीरतापूर्वक लिन्छु। म जनताको लागि काम गर्छु... यदि तपाईंलाई मेरो काम मन पर्दैन भने मलाई नराम्रो लाग्छ तर यो मेरो व्यक्तिगत विश्वास हो त व्यक्तिगत विश्वास हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यो तपाईंलाई त्यहाँको माहोल र त्यहाँबाछ पाउने ऊर्जा राम्रो लाग्नुपर्यो।’

१८ जेठ, २०८०, १५:४९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।