‘सरकारले कानून मिच्यो, राष्ट्रपतिले संविधान’

‘सरकारले कानून मिच्यो, राष्ट्रपतिले संविधान’

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले कुनै पनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने उल्लेख गरे।

एकीकृत समाजवादीका नेतासमेत रहेका उनले मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधान विपरीत भएको बताएका हुन्।

उनले सभामुखले पठाएको विधेयकलाई १५ दिन भित्रमा प्रमाणीकरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने स्पष्ट पारे।

उनले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै राष्ट्रपति समक्ष विधेयक जान नसक्ने जिकिर गरे।

खनालले सरकारले कानून मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको आरोपसमेत लगाए।

जेठ १८, २०८० बिहीबार १५:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।