हत्यापछि शवमाथि बलात्कार गर्ने युवकलाई भारतीय अदालतले सुनायो यस्तो फैसला

हत्यापछि शवमाथि बलात्कार गर्ने युवकलाई भारतीय अदालतले सुनायो यस्तो फैसला

पहिले हत्या गरेर पछि शवसँग यौनसम्पर्क गरेको आरोप लागेका एक युवकलाई भारतको कर्नाटक उच्च अदालतले हत्याको अभियोगमा दोषी र बलात्कारमा भने सफाइ दिएको छ। 

तल्लो अदालत (ट्रायल कोर्ट) ले  हत्या र बलात्कार आरोपमा ती युवकलाई दोषी ठहर गरेको थियो।

तर ८ वर्षपछि कर्नाटक उच्च अदालतले उनलाई हत्या अभियोगमा दोषी ठहर गर्दै बलात्कार मुद्दामा सफाइ दिएको हो। 

बलात्कार आरोपमा सफाइ दिनुलाई अदालतले कानुनमा रहेको अस्पष्टता भएको उल्लेख गरेको छ। 

सर्वोच्चले आफ्नो आदेशमा कानुनअनुसार शवलाई व्यक्ति मान्न नसकिने बताएको छ। त्यसकारण, बलात्कारसँग सम्बन्धित (इन्डियन पेनल कोड) आईपीसीको धारा ३७६ आरोपी लागू नहुने अदालतले व्याख्या गरेको छ। भारतको संविधानको धारा ३७५ र ३७७ अन्तर्गत पनि मृत शरीरलाई मानव वा व्यक्ति मान्न नसकिने जनाइएको छ।

अदालतले बलात्कार मुद्दामा दोषीलाई सफाइ दिए पनि केन्द्र सरकारले भने ६ महिनाभित्र आईपीसीको धारा ३७७ लाई परिवर्तन गरी मानव शव वा जनावरको शवसँग यौनसम्बन्धलाई दण्डनीय बनाउन निर्देशन दिएको छ।

उच्च अदालतले नेक्रोफिलिया र मृत शरीरसँग यौन सम्बन्धलाई आईपीसीको धारा ३७७ को दायरामा ल्याउन केन्द्र सरकारलाई भनेको छ। 

घटना २०१५ जुन २५ मा कर्नाटकको तुमकुर जिल्लाको एउटा गाउँमा भएको थियो।

रंगराजु ​​वाजपेयीले गाउँकी २१ वर्षीया युवतीको हत्या गरी उनको शवलाई बलात्कार गरेका थिए। २०१७ अगस्ट ९ मा तुमकुरको जिल्ला र सत्र अदालतले रंगराजुलाई हत्या र बलात्कारको दोषी ठहर गरेको थियो। 

अगस्ट १७मा हत्या अभियोगमा उनलाई जन्मकैद र ५० हजार भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। सोही बलात्कार मुद्दामा १० वर्ष कैद र २५ हजार जरिवाना पनि गरिएको थियो।

रंगराजुले तल्लो अदालतको फैसला चित्त नबुझी उच्च अदालतमा चुनौती दिएका थिए। 

जेठ १८, २०८० बिहीबार १४:२८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।