ने‍पालसँगको सीमा समस्या समाधान गर्छौ : मोदी

ने‍पालसँगको सीमा समस्या समाधान गर्छौ : मोदी

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा समस्या समाधान गर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको समेत बताए।

‘नेपालसँगको सबै असमझदारी समाधान गर्न चाहन्छौं। यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अन्य सबै समाधान गर्छौ,’ उनले भने।

मोदीले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउने बताए।

जेठ १८, २०८० बिहीबार १४:००:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।