यी हुन् नेपाल र भारतबीच दिल्लीमा भएका‍ ७ प्रमुख सम्झौता

यी हुन् नेपाल र भारतबीच दिल्लीमा भएका‍ ७ प्रमुख सम्झौता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको दौरान बिहीबार विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ।

नेपाल र भारतबीच आज भएको द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा यी सम्झौता भएका हुन्।

जस अनुसार नेपाल भारत पारवहन सम्झौता नवीकरण, तल्लो अरुणको पीडिए गर्ने र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने सहमति भएको छ।

त्यस्तै क्रस बोर्डर पेमेन्ट सम्झौता र फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा पनि सम्झौता भएको छ।

त्यसैगरी अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास तथा सिलीगुड़ी झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्य को समझदारी भएको छ।

उता भारतको बथनाहाबाट विराटनगरसम्मको कार्गो रेल सेवाको उद्घाटनसँगै नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको पनि उद्घाटन गरिएको छ।

त्यसैगरी दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारीसँगै सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास भएको छ।

प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् यो विषयको जानकारी दिएका हुन्।

जेठ १८, २०८० बिहीबार १३:४४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।