प्रचण्ड र मोदीद्वारा भारतको बथनाहादेखि विराटनगरसम्मको रेलको उद्घाटन

प्रचण्ड र मोदीद्वारा भारतको बथनाहादेखि विराटनगरसम्मको रेलको उद्घाटन

काठमाडौं : नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन्।

भारतको भ्रमण दौरान आज (बिहीबार) दुई प्रधानमन्त्रीले स्वीच थिचेर रलवेको उद्घाटन गरेका हुन्। ​​​​

उद्घाटनपछि बथनाहाबाट कार्गो रेल विराटनगरका लागि छुटेको छ।

नेपाल र भारतबीच आज द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता समेत भएको छ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच आज (बिहीबार) द्विपक्षीय वार्ता भएको हो।

जेठ १८, २०८० बिहीबार १३:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।