सिद्धार्थ बैंकका ग्राहकलाई ‘ले रायरा रेष्टुरेन्ट’ र ‘वन्डरल्याण्ड वाटर पार्क’मा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई ‘ले रायरा रेष्टुरेन्ट’ र ‘वन्डरल्याण्ड वाटर पार्क’मा छुट

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले नेपालगन्ज स्थित ‘ले रायरा रेष्टुरेन्ट’ र ‘वन्डरल्याण्ड वाटर एण्ड फन पार्क’सँग बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा पार्क टिकट खरिदमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरे।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यम तर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। 

१८ जेठ, २०८०, १२:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।