छिमेकी देशका समकक्षी प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

छिमेकी देशका समकक्षी प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौ: औपचारिक भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ ।

नयाँ दिल्लीमा रहेको हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो। भेटवार्ता आधा घण्टाको हुने बताइएको छ। भेटमा ऊर्जा, व्यापार, वाणिज्य लगायतका विषयमा छलफल हुने बताइएको छ।

यसअघि आज (बिहीबार) उनले भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार चढाएका थिए। मोदीकै निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि प्रचण्ड हिजो भारत पुगेका थिए।

यो भेटवार्ता पछि प्रचण्ड र मोदी सहितको प्रतिनिधिमण्डल स्तरको बैठक हुनेछ र यसपछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुने कार्यसूची रहेको छ।

 प्रचण्डले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्। कार्यसूची अनुसार उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग ४:३० बजे भेटघाट हुने बताइएको छ।

जेठ १८, २०८० बिहीबार ११:५२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।