महात्मा गान्धीको समाधिस्थलमा प्रचण्ड (चार तस्बिर)

महात्मा गान्धीको समाधिस्थलमा प्रचण्ड (चार तस्बिर)

काठमाडौ: औपचारिक भ्रमणका लागि भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज महात्मा गान्धीको समाधिस्थलमा पुगेका छन्।

भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार चढाए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि भारत पुगेका उनले आजै मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हैदरावाद हाउसमा हुने भेटवार्ता आधा घण्टाको हुने बताइएको छ।

यो भेटवार्ता पछि प्रचण्ड र मोदी सहितको प्रतिनिधिमण्डल स्तरको बैठक हुनेछ र यसपछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुने कार्यसूची रहेको छ।

 प्रचण्डले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्। कार्यसूची अनुसार उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग ४:३० बजे भेटघाट हुने बताइएको छ।

​​​​​​​

जेठ १८, २०८० बिहीबार ११:४१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।