नेपालद्वारा मलेसियालाई १११ रनको लक्ष्य

नेपालद्वारा मलेसियालाई १११ रनको लक्ष्य

काठमाडौं : नेपालले तेस्रो टी-२० खेलमा घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ।

पाँच खेलको सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन बनायो।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन जोडिन्। त्यसैगरी ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रनको योगदान दिए।

नेपाल लगातार दोस्रो जितसँगै सिरिजमा अग्रता लिने दाउमा छ। हाल सिरिज १–१ को बराबरीमा छ। सिरिजको पहिलो खेलमा ५ विकेटले पराजित नेपाल दोस्रो खेलमा भने ७ विकेटले विजयी भएको थियो। 

जेठ १८, २०८० बिहीबार १०:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।