करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको ज्यानै गयो, तीन युवकविरुद्ध मुद्दा दर्ता

करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको ज्यानै गयो, तीन युवकविरुद्ध मुद्दा दर्ता

तनहुँ : तनहुँमा करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्ध मुद्दा दर्ता गरिएको हो। 

गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथिहरुसँग करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो।

उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनै जनताविरुद्ध प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो। सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो। 

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।

जेठ १८, २०८० बिहीबार ०९:०९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।