दिल्लीको स्वागत ब्यानरमा प्रचण्डको थरै गल्ती भएपछि...

दिल्लीको स्वागत ब्यानरमा प्रचण्डको थरै गल्ती भएपछि...

काठमाडौँ : भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतमा दिल्लीमा टाँसिएको स्वागत ब्यानरमा थरै गलत भएपछि पुन नाम प्रिन्ट गरेर टाँसियो।

भारत भ्रमणमा रहेका प्रचण्डको स्वागतमा दिल्लीका सडकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रचण्डको तस्बिर सहितका ब्यानर राखिएको थियो।

ब्यानरमा नेपालको प्रधानमन्त्री भन्दै पुष्पकमल दाहल लेखिएको थियो।

थरै गलत छापिएको खुलेपछि पुन प्रचण्डको नाम प्रिन्ट गरियो अनि स्वागत ब्यानरमा टाँसियो।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

बुधवार भारत पुगेका उनले
प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए। उनले भारतमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरेका थिए।

बिहीबार महत्त्वपूर्ण भेटवार्ता र सम्झौताका कार्यक्रम रहेका छन्।

१७ जेठ, २०८०, ००:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।