बुटवल उपमहानगरलाई पछि पार्दै तिलोत्तमाले पायो रूपन्देहीमा सर्वाधिक बजेट

बुटवल उपमहानगरलाई पछि पार्दै तिलोत्तमाले पायो रूपन्देहीमा सर्वाधिक बजेट

बुटवलः सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत कुल २ खर्ब, ९५ अर्ब, २ करोड २ लाख विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहका लागि वित्तीय समानिकरण अनुदानतर्फ ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन गरेका छन भने सशर्त अनुदानतर्फ १ खर्ब ९१ अर्ब ८९ करोड ४७ लाख विनियोजन गरेका छन। यसैगरी ७ अर्ब ४ करोड ५७ लाख तथा विशेष अनुदान तर्फ ८ अर्ब ७२ करोड ६९ लाख विनियोजन गरेका छन।

आर्थिक वर्ष २०८०/८१ को प्रस्तुत बजेटमा रुपन्देहीका १६ वटा पालिकाले कूल ७२६ करोड बजेट अनुदान प्राप्त गरेका छन्। संघीय सरकारबाट बजेट अनुदान पाउनेमा तिलोत्तमा नगरपालिका जिल्लामा पहिलो बनेको छ।

बुटवल उपमहानगरपालिकालाई समेत पछि पार्दै तिलोत्तमा नगरपालिकाले १ अर्ब १७ करोड ८० लाख बजेट अनुदान प्राप्त गरेको छ।

सशर्ततर्फ ९२ करोड ४० लाख, समानीकरणतर्फ २२ करोड ९० लाख, विशेष अनुदान २ करोड र समपूरक अनुदान ५० लाख गरी १ अर्ब १७ करोड ८० लाख बजेट प्राप्त गरेको हो।

जसमध्ये चालुतर्फ ६७ करोड ३२ र पूँजीगततर्फ ५० करोड ४९ लाख अनुदान रहेको छ।

बुटवल उपमहानगरपालिकाले भने कूल ८० करोड ८९ लाख बजेट अनुदान प्राप्त गरेको छ।

सशर्त अनुदानतर्फ ४७ करोड ९२ लाख, समानीकरणतर्फ ३० करोड १७ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान ८० लाख प्राप्त गरेको हो। जस मध्ये चालुतर्फ ८६ करोड ९ लाख अनुदान प्राप्त गर्दा पूँजीगतर्फ ४ करोड ८० लाख मात्रै अनुदान प्राप्त गरेको हो।

देवदहले कुल ४६ करोड ९५ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले कूल ५४ करोड ८ लाख बजेट, सिद्धार्थनगर नगरपालिकाले कूल ४८ करोड १३ लाख, सैनामैना नगरपालिकाले ४३ करोड ५७ लाख, ओमसतिया गाउँपालिकालाई २८ करोड ९० लाख, कञ्चन गाउँपालिकालाई ३४ करोड ५३ लाख, कोटहीमाई गाउँपालिकालाई ३० करोड ३७ लाख, गैडहवा गाउँपालिकालाई ३६ करोड ५१ लाख, मर्चवारीलाई ३० करोड ५० लाख तथा मायादेवी गाउँपालिकालाई ३५ करोड ७ लाख बजेट अनुदान प्राप्त भएको छ।

यसैगरी गाउँपालिकालाई ३३ करोड ६९ लाख, शुद्धोधन गाउँपालिकालाई ३२ करोड ६ लाख, सम्मरीमाई गाउँपालिकालाई ३५ करोड ९ लाख तथा सियारी गाउँपालिकालाई ३८ करोड ३ लाख बजेट अनुदान प्राप्त भएको छ।

जेठ १७, २०८० बुधबार २१:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।