दाङका युवा वैज्ञानिक मार्सल रोका बलात्कारको आरोपमा पक्राउ

दाङका युवा वैज्ञानिक मार्सल रोका बलात्कारको आरोपमा पक्राउ

दाङ : बलात्कारको आरोपमा दाङका युवा वैज्ञानिक मार्सल रोका पक्राउ परेका छन्।

युवा वैज्ञानिकका रुपमा चर्चा कमाएका मार्सल रोकालाई जिल्ला प्रहरी कार्यालय दाङले बलात्कारको आरोपमा पक्राउ गरेको हो।

एसपी वीर बहादुर वलीका अनुसार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउपछि रोकाविरुद्ध मुद्दा दर्ता गरी म्याद थप भइसकेको छ। साथै घटना बारे थप अनुसन्धान भइरहेको वलीले जानकारी दिए।

जेठ १७, २०८० बुधबार १९:४६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।