प्रचण्डसँग भारतका विदेश सचिव र सुरक्षा सल्लाहकारले गरे भेट

प्रचण्डसँग भारतका विदेश सचिव र सुरक्षा सल्लाहकारले गरे भेट

काठमाडौं : औपचारिक भ्रमणका लागि भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि दाहाल आज भारत पुगेका हुन्। भ्रमणको पहिलो दिन नै दाहाललाई भेट्न क्वात्रा र डोभाल नयाँ दिल्ली स्थित मौर्य होटलमा पुगेका थिए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री दाहाललाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

जेठ १७, २०८० बुधबार १९:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।