नेपालका प्रधानमन्त्रीलाई भारतमा विदेश मामिला राज्यमन्त्रीले गरिन् स्वागत

नेपालका प्रधानमन्त्रीलाई भारतमा विदेश मामिला राज्यमन्त्रीले गरिन् स्वागत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत पुगेका हुन्।

प्रधानमन्त्री दाहाललाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन्।

त्यस क्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति थियो। 

यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीहरुसँगै सचिवहरु तथा उद्योगी, व्यवसायीहरूको सहभागिता रहेको छ।

जेठ १७, २०८० बुधबार १९:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।