नागरिकता विधेयक प्रमाणीकरणमा रविको टिप्पणी- राष्ट्रपतिको कदम राष्ट्रहितविरुद्ध

नागरिकता विधेयक प्रमाणीकरणमा रविको टिप्पणी- राष्ट्रपतिको कदम राष्ट्रहितविरुद्ध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमलाई राष्ट्रहितविरुद्ध भएको संज्ञा दिएका छन्।

बुधबार राष्ट्रपतिले नौ महिनादेखि थन्किएर रहेको विधेयक प्रमाणीकरण गरेपछि सभापति लामिछानेले यसलाई राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्धको संज्ञा दिएका हुन्।

लामिछानेले नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ प्रमाणीकरण गराएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’

जेठ १७, २०८० बुधबार १३:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।