चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान

चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौं : चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन्।

नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको जम्बो टोली केहीबेरअघि भारत प्रस्थान गरेको हो।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अन्य पाँच मन्त्री, १८ सचिव, सचिवालय र निजी क्षेत्रका व्यक्तिहरू सहभागी छन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।

जेठ १७, २०८० बुधबार १३:२२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।