कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, समर्थन पनि फिर्ता

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, समर्थन पनि फिर्ता

विराटनगरः कोशी प्रदेश सकारबाट जसपा बाहिरिएको छ। 

सुनसरीको इटहरीमा पार्टीको आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन्। 

प्रदेशमा जसपाको एक जना सांसद लिम्बू हुन्। 

सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको जसपा नेता रकम चेमजोङले जानकारी दिएका छन्।

लामो समयदेखि कोशी प्रदेश नामरणलाई लिएर प्रदेश १ को विराटनगर अशान्त बनेको छ। कोशी नाम खारेज गर्नेपर्ने मागसहित पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन्। 

प्रदेश सरकारले कोशी नामकरणमा पनि समस्या ल्याएको भन्दै चेम्जोङले सरकारमा बसिरहन आवश्यक नभएको बताएका छन्। 

जेठ १७, २०८० बुधबार १२:४३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।