सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुलका कदम स्वीकार्य छैन : रास्वपा

सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुलका कदम स्वीकार्य छैन : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने जनाएकाे छ।

भारतले हालै उदघाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति ध्यानकर्षण भएको जनाउँदै पार्टीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने बताएको हो।

त्यस्तै, रास्वपाले  प्रधानमन्त्रीको  भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार देखि नै चारदिने भारत भ्रमण गर्दै छन्।

नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ। 

जेठ १७, २०८० बुधबार १२:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।