करिब दुई दर्जन कम्पनी कालोसूचीमा, पप्पु कन्ट्रक्सनलाई २ वर्ष

करिब दुई दर्जन कम्पनी कालोसूचीमा, पप्पु कन्ट्रक्सनलाई २ वर्ष

काठमाडौँः करिब दुई दर्जन कम्पनीलाई कालो सूचीमा परेका छन्। 

सार्वजनिक खरिद अनुमगन कार्यालयले कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन एसियन हाइटेक कन्ट्रक्सनलगायतलाई काललोसूचीमा राखेको हो। 

कार्यालयको जेठ १६ गतेको निर्णयअनुसार ती कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।

पप्पु कन्ट्रक्सनलाई २ वर्षका लागि र श्री कलेज अफ इप्लोइमेन्ट प्रालि भरतपुरलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। 

कालो सूचीमा परेका निर्माण व्यवसायी वा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्। 

 

जेठ १७, २०८० बुधबार १२:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।