बौद्ध-साखुँ सडक आज पनि अवरुद्ध

बौद्ध-साखुँ सडक आज पनि अवरुद्ध

काठमाडौं : काठमाडौंको बौद्ध–साखुँ सडक स्थानीयले बुधबार पनि अवरुद्ध पारेका छन्।

लामो समयदेखि सडक पिच नभएपछि स्थानीयले सडकमा सवारी आवतजावत गर्न रोक लगाएका हुन्।

ग्राभेल सडकका कारण धुलो उडेर बस्नै नसक्ने भएको र स्वास्थ्यसमेत गम्भीर असर पारेको भन्दै उनीहरूको भनाइ छ।

उनीहरूले विशेषतगरी नरायणटारदेखि दक्षिण ढोकासम्मको मुख्य सडकमा अवरोध गरेका छन्। बाटोमा फलामा ब्यारियर र पाइप राखेर उनीहरूले सडक अवरुद्ध गरेका हुन्।

सडक अवरुद्ध भएपछि यात्रुहरू हिँडेरै गन्तव्यतर्फ लागेका छन्।

सडक पिच नभएसम्म बाटो अवरुद्ध गर्ने उनीहरू बताउँछन्। स्थानीयले मंगलबार पनि सडक अवरुद्ध गरेका थिए।

जेठ १७, २०८० बुधबार ११:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।