प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान

काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ।

बुधबार सार्वजनिक सूचना निकालेर समितिले कार्की प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित समितिको कार्यालय सिंहदरबार वा ईमेलमार्फत उजुरी दिन आग्रह गरेको हो।

यस्तो उजुरी यहि जेठ २६ गते कार्यालय समयभित्र दिनुपर्नेछ। उजुरी दिनेले आफ्नो नाम, ठेगाना, वतन र सम्पर्क नम्बर स्पष्ट उल्लेख गर्नुपर्ने तथा उजुरीकर्ताले चाहेको अवस्थामा नाम गोप्य राखिनेसमेत बताइएको छ।

समितिले ७७ वटै जिल्ला प्रशासन कार्यालयलगायत सम्भव भएसम्मका सरकारी कार्यालयमा उजुरीका लागि निकालिएको सूचना टाँस्नसमेत निर्देशन दिएको छ।

गत वैशाख २७ गते बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइका लागि पठाएको थियो।

जेठ १७, २०८० बुधबार ०९:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।