विश्वकै धनी क्रिकेट बोर्ड तर मैदान सुकाउन स्पञ्ज र बाल्टी
एजेन्सी : २९ मे २०२३मा विश्वकै धनी क्रिकेट बोर्ड भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजना भइरहेको विश्वकै सबैभन्दा धनी क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल हुँदै थियो।
स्थान हो गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा।
गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्सबीचको खेल हेर्न स्टेडियममा १ लाख ४ हजार ८५९ दर्शक पुगेका थिए। भारतको मात्र ३ करोडभन्दा बढी मानिसले मोबाइलमा मात्र यो प्रतियोगिता लाइभ हेरिरहेका थिए।
फाइनल खेल चलिरहँदा भारतीय समयअनुसार राति ९ बजेर ५० मिनेटमा हावाहुरीसहित भारी वर्षा सुरु भयो। त्यसपछि मैदानमा जे भयो त्यसले क्रिकेटका करोडौं फ्यानलाई निराश बनायो।
भारी वर्षा र हावाहुरीको बीचमा ग्राउन्ड स्टाफले संघर्षपूणृ रुपमा भिजिरहेको पिचमा कभर ताने। करिब २० मिनेटपछि वर्षा रोकियो। कभर हटाउने क्रममा, पिच वरपरको क्षेत्र धेरै भिजेको थियो।
पिच वरपरका अभ्यास पिचमा पानीले यसरी भिजेको थियो कि त्यहाँका कर्मचारीहरुरू सुकाउनका लागि स्पन्ज र बाल्टी प्रयोग गरे। अहिले आईपीएल फाइनलको यो तस्बिर भाइरल बनेको छ।
विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी स्टेडियमको उद्घाटनको समयमा निकालिएको प्रेस विज्ञप्तिमा यस मैदानको ड्रेनेज प्रणाली संसारकै उत्कृष्ठमध्येको एक दाबी गर्दै वर्षा रोकिएको ३० मिनेटमै खेल सुरू गर्न सकिने भनिएको थियो।
तर, आईपीएल फाइनलमा त्यस्तो भएन। राति १० बजेर १५ मिनेटमा वर्षा रोकिए पनि खेल सुरु हुँदा १२ बजेर १० मिनेट गइसकेको थियो। बीसीसीआईले दाबी गरेकोजस्तो खेल वर्षा रोकिएको ३० मिनेट सुरु भएन, करिब दुई घण्टापछि मात्र भयो।
बीसीसीआई विश्वकै धनी क्रिकेट बोर्ड हो। विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा फाइनल खेल भइरहेको थियो। तर, वर्षापछि खेल सुचारु हुन तीन कारण समस्या भएको भारतीय क्रिकेट विश्लेषक बताउँछन्।
होभर कभर नहुनु
अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको ड्रेनेज सिस्टम विश्वस्तरीय छ भनेर दाबी गरिएको छ। मैदानमा ८ सेन्टिमिटरसम्म पानी परे पनि ३० मिनेटमै खेल सुरु गर्न सकिने भनिएको छ।
मैदानको पिच र घाँस मुनि बालुवाको तह राखिएको छ, जसले अन्य रंगशालाको तुलनामा धेरै छिटो पानी सोस्छ। प्रणाली उत्कृष्ट भए पनि मैदानमा वर्षा व्यवस्थापन उपकरणको एक उत्कृष्ट उपकरण थिए।
यो उपकरण भारतको कुनै पनि मैदान नजिक छैन। यसलाई होभर कभर भनिन्छ। यो मेकानाइज्ड ट्रली हो जसमा पिच र ग्राउन्ड कभर गरिन्छ। यसको विशेषता भनेको अम्पायरबाट सङ्केत पाएको केही सेकेन्डमा नै यसलाई पिच र वरपरको क्षेत्रलाई ढाक्न सकिन्छ।
होभर कभरको अभावमा, मैदानका कर्मचारीहरूले आफैँ बाउन्ड्री रेखा बाहिरबाट कभर तानेर पिचमा लैजानुपर्छ। यो काममा समय लाग्छ र कभर पिचमा पुग्दा धेरै क्षति भइसक्छ। सोमबारअहमदाबादमा पनि त्यस्तै भयो।
३८ ग्राउन्ड स्टाफ परिचालन तर अदक्ष
पानी परेको बेला पिच र मैदानमा कभर राख्नु आफैँमा एउटा सीप हो। अहमदाबादमा यो काममा लागेका ग्राउन्ड स्टाफमा यो सीपको कमी प्रस्ट देखिन्थ्यो। कभर ल्याउन त ढिलो नै गरे, त्यसमाथि राम्ररी राख्न पनि सकेनन्। कभर हटाउँदासमेत ढङ्ग नपुगेर पिच वरपरका क्षेत्रमा धेरै पानी जम्मा भएको थियो।
इनिङ्स ब्रेकमा आधा घण्टाको कार्यक्रम
भारी वर्षाको सम्भावना हुँदाहुँदै पनि आयोजकले छिटोभन्दा छिटो खेल आयोजना गर्न कुनै पहल गरेनन्। सोमबार एक इनिङ्स सकिएपछि करिब आधा घण्टाको मनोरञ्जन कार्यक्रम आयोजना गरियो। यसमा र्यापर डिभाइनले अभिनय गरेका थिए। सामान्यतया टी–२० खेलमा दुई इनिङ्सबीच त्यति लामो ब्रेक हुँदैन। वर्षाको पूर्वानुमान भएपछि त्यति लामो समय ब्रेक गर्नुहुँदैनथ्यो।
‘गुजरातमा यस्तो वर्षाको अपेक्षा थिएन’
फाइनलपछि आईपीएल अध्यक्ष अरुण धुमालले गुजरातमा त्यस्तो मुसलधारे वर्षाको अपेक्षा नगरेको बताए।
उनले भने, ‘हावा जोडसँग चल्दा पिच वरिपरि पानी गयो। अहमदाबादमा वर्षभरि यति धेरै वर्षा हुँदैन। यद्यपि रंगशालाको ड्रेनेज व्यवस्था निकै राम्रो छ। वर्षा रोकिएपछि मैदान सुकेको थियो।’
गुजरात क्रिकेट संघका प्रवक्ता मनिषले भने, ‘हामीसँग जमिनमा सबै उपकरण छ। पानी परेसँगै ग्राउन्ड स्टाफ खटिइहाले। ठूलो हावा चल्दा कभर प्रोप्स राख्न सकिएन। अब प्रकृतिको अगाडि केही गर्न सकिँदैन।’
स्पन्ज र बाल्टीको प्रयोग गरेको विषयमा मनिष भन्छन्, ‘पानी सुकाउन सुपर सोपर्स पनि प्रयोग गरियो। त्यहाँ केही पानी अझै बाँकी रहेकाले स्पन्जले सुकाइयो।’
सामान्य भन्दा धेरै वर्षा, तयार थिएनन् ग्राउन्ड स्टाफ
अहमदाबादमा सामान्यतया मार्च १ र जुन ३० बीचमा ६.३ मिलिमिटर वर्षा हुन्छ। तर यस वर्ष मार्च १ देखि जुन ३० सम्म ३७ मिलिमिटर वर्षा भयो।
यसको मतलब सामान्य भन्दा ६ गुणा बढी वर्षा भयो। मे महिनामा पनि सामान्यभन्दा ४२३ प्रतिशत बढी वर्षा भएको भारतको मौसम विभागले जनाएको छ।
वर्षाको भविष्यवाणी गरिएको भए पनि यति ठूलो वर्षाको लागि लागि न कर्मचारी, न व्यवस्थापक, न मेसिनहरू पूर्ण रूपमा तयार थिए।
लर्ड्स मैदानमा उत्कृष्ट उपकरण
इङ्गल्याण्डमा वर्षा हुनु सामान्य हो। पानी जन्म नपाओस् भनेर लर्ड्स मैदान स्लोप तरिकाले बनाइएको छ। यहाँको मैदानको बेस बलौटे माटो हो, जसकारण पानी चाँडै सोस्छ।
होभर रोभरहरू वर्षामा पिच कभर गर्न प्रयोग गरिन्छ। दुई जनाले मात्र यसलाई सजिलै तान्न सक्छन् र छिट्टै पिचमा पुर्याउन सक्छन्। यसले कभर गरेपछि पिचलाई वर्षाबाट सुरक्षित राख्न सकिन्छ।
पूरै देशभर यसको प्रयोग गरिन्छ। ट्रेन्ट ब्रिज स्टेडियममा यस्तै ड्रेनेज सिस्टम र रोवरहरू प्रयोग गरिन्छ। मौसम चिसो भएकाले खेलअघि पिच ढाक्न पनि रोभर प्रयोग गरिन्छ।
(भास्कर डटकमबाट अनुवाद गरिएको)
जेठ १७, २०८० बुधबार ०९:०७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।