लेबनानबाट अपहरणमा परेका साउदी नागरिकको सेनाद्वारा सकुशल उद्धार

लेबनानबाट अपहरणमा परेका साउदी नागरिकको सेनाद्वारा सकुशल उद्धार

एजेन्सी : लेबनानमा अपहरण गरिएका एक साउदी नागरिकको स्थानीय सुरक्षा बलले उद्धार गरेको छ।

समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार ती व्यक्तिलाई गत हप्ता फिरौतीका लागि अपहरण गरिएको थियो।

लेबनानी सेनाले आफ्नो विज्ञप्तिमा मुशारी अल–मुताइरी नामका व्यक्तिलाई ‘विशेष अपरेशन’पछि रिहा गरिएको जनाएको छ।

उनलाई लेबनान–सिरिया सीमामा बन्धक बनाएको सेनाले जनाएको छ। हाल यस अपरेशनको बारेमा थप जानकारी बाहिर आएको छैन।

तर, लेबनानका स्थानीय सञ्चारमाध्यमका अनुसार उनलाई उत्तर–पूर्वको हर्मेल जिल्लाबाट मुक्त गरिएको छ।

एपी रिपोर्टका अनुसार अल–मुताइरीलाई शनिबार राति बेरुतबाट अपहरण गरिएको थियो।

साउदीको सरकारी च्यानल अल अखबरियाले अपहरणकारीहरूले मुताइरीको रिहाइका लागि ४० लाख डलर फिरौती मागेको बताएको छ। मुताइरी साउदी एयरलाइन्सका कर्मचारी हुन्।

विज्ञप्तिपछि लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले एक विज्ञप्ति जारी गर्दै आफ्नो सरकार विदेशी नागरिकको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन्।

उनले सफल कार्यका लागि नेपाली सेनालाई बधाईसमेत दिएका छन्।

जेठ १७, २०८० बुधबार ०७:५६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।