एम बैंकबाट ‘आइएमई पे’मा पैसा लोड गर्दा हजार रुपैयाँ क्यासब्याक

एम बैंकबाट ‘आइएमई पे’मा पैसा लोड गर्दा हजार रुपैयाँ क्यासब्याक

काठमाडौं : डिजिटल वालेट ‘आइएमई पे’ले एम बैंकबाट आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १००० रुपैयाँ क्यासब्याक दिने भएको छ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई १ हजार रुपैयाँ क्यासब्याक दिन लागेको हाे।

क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले १ हजार क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले जनाएको छ।

केही समय यता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका सम्झाैता भएकाे कम्पनीको भनाइ छ।

सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए।

जेठ १७, २०८० बुधबार ०७:१३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।