साफ च्याम्पियनसिपका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

साफ च्याम्पियनसिपका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा
फाइल तस्बिर

काठमाडौं : असार ६ देखि १९ गतेसम्म भारतमा हुने साफ च्याम्पियनसिप २०२३ का लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेका हुन्।

असार ६ मा हुने पहिलो खेलमा नेपालले कुवेतको सामना गर्नेछ। नेपालले असार ९ मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ।

यस्तो छ नेपालको प्रारम्भिक टोली:-
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमन्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, गिलेस्पे जंग कार्की, दिनेश हेञ्जन

जेठ १७, २०८० बुधबार ०६:५४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।