फ्रान्स पठाउने प्रलोभनमा ४० लाख ठगेको आरोपमा एक जना पक्राउ

फ्रान्स पठाउने प्रलोभनमा ४० लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौँ : फ्रान्स पठाउने प्रलोभन देखाएर ४० लाख रुपैयाँ रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दोलखाको बैतेश्वर नगरपालिका-३ का सुरेशकुमार पाख्रिनलाई पक्राउ गरेको हो।

कार्यालयको विशेष टोलीले उनलाई ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

पाख्रिनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

जेठ १६, २०८० मंगलबार २१:३४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।