भारतले आफ्नो नक्सामा नेपालका स्थान राख्नु आपत्तिजनकः गोकुल बास्कोटा

भारतले आफ्नो नक्सामा नेपालका स्थान राख्नु आपत्तिजनकः गोकुल बास्कोटा

काठमाडौँः  भारतले नयाँ संसद भवनमा हालै राखेको नयाँ नक्साप्रति एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आपत्ति जनाएका छन्। 

भारतले आइतबार नयाँ संसद भवन उद्घाटन गरेको थियो। नेपालका केही स्थानहरूलाई उसले आफ्नो नक्सामा सांस्कृतिक भनेर प्रचार गरिएको छ। 

मंगलबार साँझ सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, ‘भारतको नयाँ संसद् भवनमा राखिएको र सांस्कृतिक भनेर प्रचार गरिएको नक्सामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक कुरा हो। हामीले विशाल नेपालका त्यस्तै स्थान समेटेर उस्तै कार्य गरे भारतको प्रतिक्रिया कस्तो हुन्थ्यो होला ? प्रमको भारत भ्रमणमा नेपालले यो स्वीकार्न सक्दैन भन्नैपर्छ।’

प्रधानमन्त्री यही जेठ १७ गते भारत भ्रमणमा जाने कार्यतालिका छ। 

१६ जेठ, २०८०, १९:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।