महोत्तरीमा बन्दुक देखाएर दिउँसै बैंक लुटपाट

महोत्तरीमा बन्दुक देखाएर दिउँसै बैंक लुटपाट

महोत्तरीमा दिनदहाडै बैँक लुटिएको छ। महोत्तरी गाउँपालिका २ स्थित एनएमबी बैंकबाट ३८ लाखभन्दा बढी रकम लुटिएको हो।

मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा हतियारधारीको समूहले बन्दुक देखाएर रकम लुटपाट गरी फरार भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

एसपी मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर फरार भएका हुन्। 

चार जनाको संख्यामा लुटेराहरू आएका प्रहरीले जानकारी दिएको छ। सीसीटीभी फुटेजका आधारमा उनीहरूको खोजी भइरहेको एसपी मल्लले बताए।

जेठ १६, २०८० मंगलबार १६:१७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।