सुतिरहेको बेला सर्पले डस्दा सिन्धुलीमा दाजुभाइको ज्यान गयो

सुतिरहेको बेला सर्पले डस्दा सिन्धुलीमा दाजुभाइको ज्यान गयो

सिन्धुली : सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ। मृत्यु हुने बालकहरु दाजुभाइ हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका-१ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो।

ओछ्यानमा सुतिरहेका उनीहरूलाई आज बिहान ३ बजे सर्पले डसेको थियो। उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। 

सर्पले ग्रिसलाई बाँया हातको औंलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो।

जेठ १६, २०८० मंगलबार १३:५९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।